२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका माइक्रोफाइनान्सले ८.४२ प्रतिशत लाभांश दिने

कालिका माइक्रोफाइनान्सले ८.४२ प्रतिशत लाभांश दिने

1.5K
Shares

काठमाडौं–कालिका लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ ।

कालिकाले ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयरका लागि लाग्ने लाभांश कर तिर्नका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले राष्ट्र बैंक र आफ्नो साधारणसभा बाट स्विकृत गराएपछि सो लाभांश लगानीकर्तालाई वित्तरण गर्नेछ ।  लघुवित्तले चालु आवमा १२ लाख ४२ हजार खुद नाफा कमाएको थियो  ।

कालिकाको हालको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । यो बोनस सेयर बित्तरण पछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij