२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स लाइफ इन्स्योरेन्सको एकैसाथ ८ नयाँ शाखा

रिलायन्स लाइफ इन्स्योरेन्सको एकैसाथ ८ नयाँ शाखा

1.5K
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, कुस्मा गरी ८ वटा शाखाहरु संचालनमा आएको छ ।

सबै शाखाहरुको उद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा नुवाकोट शाखाको उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्की,  धादिङ शाखाको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बेसीशहर शाखाको लम्जुङ्ग उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेश थापा, लेखनाथ शाखाको गण्डकी प्रदेशसभाका सदस्य मान बहादुर गुरुङ, पोखरा शाखाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर क्षेत्री, लम्जुङ्ग शाखाको उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, वेनी शाखाको म्याग्दी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र कुस्मा शाखाको  पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij