२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जोर-बिजोर प्रणालीले हरेक चोकमा यात्रुको बिचल्ली, मिटरमा चलेनन् ट्याक्सी

जोर-बिजोर प्रणालीले हरेक चोकमा यात्रुको बिचल्ली, मिटरमा चलेनन् ट्याक्सी

1.3K
Shares

काठमाडौ : जोर-बिजोर प्रणालीले हरेक चोकमा यात्रुको बिचल्ली भएको छ । काठमाडौंमा भोलिदेखि हुन गइरहेको एसिया प्यासिफिक समिट व्यवस्थित गर्न आजबाट नै उपत्यकाको सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरीएको छ ।

समिटको कार्यक्रम ह्यात रिजेन्सीमा हुनेभएपछि चाबहिल, गौशला, तीनकुने हुँदै कोटेश्वर सडकखण्डका यात्रु बढी मारमा परेका छन् । काठमाडौंका मुख्य मुख्य चोकमा गाडी कुरिरहेका सर्वसाधारणको भीड लागेको छ । आवश्यक मात्रामा गाडी नचल्दा सर्वसाधारण समयमै आफ्नो गन्तव्य सम्म पुग्न सकेका छैनन् ।

यात्रुहरु ज्याननै जोखिममा राखेर सवारीसाधनहरुको ढोकासम्म नै झुण्डिएर यात्रा गरीरहेका छन् । आज उपत्यकाको सडकहरुमा गुडेका ट्याक्सीहरुले पनि आफ्नो मनपरी तरिकाले भाडा लिएका छन् । कुनै पनि ट्याक्सी मिटरमा चल्न मानेका छैनन् ।

ट्याक्सीले गाडी नपाएर मर्कामा परेका यात्रुसगँ हिजो अस्ति लिनेभन्दा दोब्बर भाडा उठाइएको छ । लोकन्थलीकि रमिला तामाङ आफ्नो विरामि छोरीलाई खाना लिएर सिभिल अस्पताल मिनभवन हिडेकि थिइन् । तर उनि बसमा चढ्न नसकि ट्याक्सीमा १ हजार ४ सय रुपैयाँ तिरेर गएको वताउछिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij