२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सामसङ ग्यालेक्सी ए–७ नीलो रङमा

सामसङ ग्यालेक्सी ए–७ नीलो रङमा

1.9K
Shares

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए–७ सफल प्रि–बुकिङसँगै निलो रङमा पनि बजारमा उपलब्ध गराएको छ । आकर्षक डिजाइन, शक्तिशाली ट्रिपल क्यामेरा तथा आकर्षक नयाँ रङ र विशेष कार्यक्षमताले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।

अन्तरदृष्टिको आधारमा तयार पारिएको फ्रन्ट क्यामराको उपयोगबाट ग्यालेक्सी ए–७ चलाउने युवापुस्ता सन्तुष्ट हुने कम्पनीले जनाएको छ । यद्यपि फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग दुई गुणा बढी हुने गरेको पाइन्छ । नयाँ ग्यालेक्सी ए–७ मा तीनवटा क्यामरा छन् । अतिरिक्त ८ मेगापिक्सेल तथा १२० डिग्री अल्ट्रावाइड लेन्सले मानिसको आँखाले जस्तो देखिन्छ, त्यस्तै तस्बिर खिच्न सक्ने बताइएको छ ।

२४ मेगापिक्सेलको प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधिले कम उज्यालोमा पनि तस्बिरको पहिचान गरेर चार पिक्सेललाई जोडेर सुपर पिक्सेलमा सफा तस्बिर खिच्ने कम्पनीले दाबी गरेको छ । २४ मेगापिक्सेल प्राइमरी क्यामरा तथा ५ मेगापिक्सेल डेप्थ लेन्स र लाइभ फोकस सुविधाले डेप्थ अफफिल्डको कन्ट्रोल गर्दछ । जसबाट प्रयोगकर्ताले फोटो खिच्नुभन्दा अघि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सक्छन् ।

फोटो सम्पादनका लागि ग्यालेक्सी ए–७ मा विभिन्न विशेषतायुक्त सुविधाहरू रहेका छन् । यसमा सिन अप्टिमाइजरको सुविधा पनि छ । यसले खाना, फूल, सूर्यास्तजस्ता विभिन्न १९ अवस्थाको स्वतः पहिचान गर्न सक्छ । जिआइएफ तस्बिर तयार गरी थप जीवन्तता दिन सकिने र प्रो लाइटिङ सुविधाले मल्टिपल लाइटिङ सेटिङको माध्यमबाट आफूले खिचेको फोटोलाई स्टुडियोमा खिचेको व्यावसायिक फोटोजस्तै बनाउन सकिने सुविधा पनि यसमा छ ।

एक्सिनोस ७८८५ २.२ गिगाहर्स ओक्टा कोर प्रोसेसर रहेको ग्यालेक्सी ए–७ फोर जिबी र्‍याम र ६४ जिबी रोममा उपलब्ध रहेको छ । यसमा मेमोरी कार्ड प्रयोग गरेर ५१२ जिबीसम्म बढाउन सकिन्छ । यसमा पहिलोपटक इन्टल एप्स टु मेमोरी कार्ड सुविधा पनि राखिएको छ । एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम रहेको यसमा ३३०० एमएएचको ब्याट्री राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij