काठमाण्डौ – नेपाली चलचित्र जगतमा झण्डै दुई दशक विताएका चलचित्र निर्देशक माधव राज खरेलले राजधानीमा आयोजित नेपाल सांस्कृतिक अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड उचालेका छन् । बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, जर्जिया, वंगलादेश, श्रीलंका, भारत, चीन, ताईवान लगायतका विभिन्न देशवाट सहभागी भएका फिल्म, डकुमेन्ट्री लागयएतका क्याटवरी मध्ये महिला सम्वन्धि चलचित्रहरुको क्याटागोरी अन्तगर्त वंगलादेश, वेलायत, अष्टे«लिया, जर्जिया, जापान, अमेरिका का उत्कृष्ट महिला सम्वन्धि बनेका फिल्महरुलाई पछि पार्दे खरेलको निर्देशनमा बनेको दुर्गामाण्डौले उत्कृष्ट महिला फिल्मको अवार्ड प्राप्त गर्न सफल भएको छ, कमला जोशीको रिसर्च एवं निर्माणमा वनेको दुर्गामाण्डौ छाउपडी, एकल महिला, वालविवाह र वोक्सी प्रथाका विषयमा वनेको महिला अधिकार सम्वन्धीको फिल्म हो ।

खरेलले गत साता मात्रै राष्ट्रिय नाचघर जमलमा आयोजित पहिलो सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गरेका थिए ।
नेपाल कल्चरल फिल्म सेन्टरको आयोजनामा सोमबार नेपाल पर्यटन वोर्डमा सम्पन्न फेष्टिवलमा विभिन्न १४ देशका २९ फिल्महरु ५ वटा विधाका लागि प्रतिष्पर्धामा थिए । ति मध्ये उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट डकुमेन्ट्रि फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट महिला फिल्म र उत्कृष्ट चिल्ड्रेन फिल्म गरि पाँच वटा विधामा अवार्ड वितरण गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij