२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकले मनायो बार्षिकोत्सब

सिभिल बैंकले मनायो बार्षिकोत्सब

985
Shares
काठमाडौं-सिभिल बैंकले आठौं वार्षिकोत्सव बृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान लगायतका कार्यक्रम गरी मनाएको छ।

वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रकोे पार्किङ क्षेत्रमा बृक्षारोपण गरिएको बैंकले जनाएको छ। त्यहाँ ३०० वटा बिरुवा रोपेको र ५ वर्षसम्म मलजल र संरक्षणको सम्मको सम्पूर्ण जिम्मेवारी वहन गन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।

बैंकले शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धनलाई प्राथमिकतामा राखेको दावी गरेको छ।बैंकले प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड पचास लाख रुपैयाँ कमाउन सफल भएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij