काठमाडौं -ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन (ग्लोकल स्मार्ट) मार्फत क्यूज सिनेमाको २ वटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।
यस योजना अन्र्तगत बैंकका ग्राहकलाई स्मार्ट एप्लिकेशनको क्यू आर कोर्डमार्फत क्यूज सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट निशुल्क दिइने जनाइएको छ।
राइजिङ्ग मलमा रहेको क्यूज सिनेमाको टिकट खरिदमा पहिलोपटक बैंकको कोर्डमार्फत रकम भुक्तानी हुन लागेको बैंकले जनाएको छ।
बैंकका हाल १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij