२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंसिर ६ गते देखि बिल्डिङ कन्स्ट्रक्सन एक्सपो हुने

मंसिर ६ गते देखि बिल्डिङ कन्स्ट्रक्सन एक्सपो हुने

1.9K
Shares

 

अर्थ नेपाल काठमााडौं /काठमााडौं भृकुटीमण्डपमा बिल्डिङ कन्स्ट्रक्सन एक्सपो हुने भएको छ।
सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले एक्सपो गर्नलागेको आयोजकले जनाएको छ। एक्सपो मंसिर ६ गते देखि ९ गतेसम्म बिहान १० बजे देखि ६ बजे सम्म अवलोकन गर्नसकिने छ।

मेलामा निर्माण क्षेत्रमा भित्रिएका बिभिन्न प्रविधिको पदर्शन गरिने छ। इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण ब्यवसायी, उत्पादक तथा बितरक लगायत सबै सरोकारवालालाई एकै ठाउँमा सूचना दिने मेलाको बिशेषता रहेको छ।

मेलामा सेमिनारको पनि आयोजना गरिने छ। जसमा सम्बन्धित बिज्ञहरुले कार्यपत्र प्रश्तुत गर्ने छन्। आमनागरिकको आवास तथा निर्माण सम्बन्धि निज्ञासा सम्बन्धित बिज्ञले समाधान गर्ने आयोजककोे भनाइ छ।

ल्यान्ड एन्ड हाउजिङ कम्पनी, पेन्ट्स, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्वल बिद्युतीय सामग्री, बिमा, सौर्य उर्जा लगायत मेलामा २ सय बढी स्टल रहनेछन्।

मेलामा नयाँ घर बनाउनेहरुका लागि इन्जिनियरिङ, बास्तुबारे निशुल्क ।परामर्स दिइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij