२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्टक ब्रोक्रर एशोसियनको अध्यक्षमा रानाभाट निर्वाचित

स्टक ब्रोक्रर एशोसियनको अध्यक्षमा रानाभाट निर्वाचित

2.7K
Shares

अर्थ नेपाल काठमाडौं /सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर अशोसिएसन अफ नेपालको अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन् ।
कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटी प्रालि (ब्रोक्रर नम्बर ३५) का रानाभाटले भिजन सेक्यु्रिटीका राजकुमार तिमिल्सिनालाई पराजित गरेका हुन् ।
अध्यक्षमा निर्वाचित रानाभाटले २९ मत प्राप्त गरे भने पराजित भएका तिमिल्सिनाले १९ मत प्राप्त गरेका थिए ।
एशोसियनमा अध्यक्ष बाहेक अन्य सदस्य भने सहमतिबाट चुनिएका छन् । अध्यक्षमा रानाभाट र तिमिल्सिनाले दुवैले उम्मेद्वारी दिने भएपछि चुनावबाट अध्यक्ष चुनिएको हो ।
एशोसियनको साधारणसभाले उपाध्यक्षमा त्रिशक्ति सेक्युरिटिजका टंक प्रसाद गौतम, महासचिबमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा शनि सेक्युरिटिजका सन्तोष पौडेल र कोषध्यक्षमा आर्यतारा इन्भेष्टमेन्टका गुणनिधि भूषाल सर्बसम्मत चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा निभ सेक्युरिटिजका सजिला अर्याल, सुन्धारा सेक्युरिटिजका फडिन्द्र ढकाल, भृकुटी स्टक ब्रोकिङका सन्दिप चाचन, र ओपल सेक्युरिटजका सुमन गौतमको नाममा सर्बसहमति भएका छन् ।
एशोसियनका अहिलेसम्म अध्यक्ष रहेका प्रियराज रेग्मीले दुई कार्यकाल अध्यक्षको पद पुरा गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij