अर्थ नेपाल काठमाडौं /नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा नबिलका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवाल र आँखा प्रतिष्ठानका तर्फबाट डा। रीता गुरुङ्गले हस्ताक्षर गरे।
सम्झौताअनुसार आँखा प्रतिष्ठानद्वारा सिफारिश ब्यक्तिको आँखाको नानी प्रत्यारोपण गर्न नबिल फाउण्डेशनले थप दुई वर्षको लागि आर्थिक सहयोग गर्ने भएको छ।
फाउन्डेसनले गत वर्ष देखि सहयोग गर्दै आएको थियो। आर्थिक अभावले उपचार नपाएका नानीको समस्याले दृष्टिविहीनहरुको उपचार गर्न सम्झौता गरेको जनाइएको छ।
कार्यक्रमलाई ‘सबैका लागि दृष्टि’ भनी सम्बोधन गरिएको थियो।
समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीको सहभागिता थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij