२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चावहिलमा हरेक हप्ता रगत संकलन हुने

चावहिलमा हरेक हप्ता रगत संकलन हुने

6.3K
Shares

अर्थ नेपाल काठमाडौं/लायन्स तथा लियो क्लब अफ चाबहिल सिटीको आयोजनामा दीर्घायु गुरु अस्पताल, चाबहिलमा ग्राण्डी अस्पतालको प्राविधिक सहयोगमा हरेक हप्ता हुने रगत संकलन र मधुमेय परिक्षण गर्ने कार्यक्रमको प्रमुख अथिति लायन्स क्लब अन्तर्राष्ट्रय ३२५ ए टुका गभर्नर सुदर्शनधर प्रधानाङ्गले उद्घाटन गरेका छन् ।
कार्यक्रममा ४० जनाले रक्तदान र ८९ जनाको मधुमेह परिक्षण सम्पन्न भएको कार्यक्रमका संयोजक लायन जीवन वस्नेतले जानकारी दिए ।
क्लवका अध्यक्ष लायन अजय खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रधानाङ्गले हरेक हप्ता संकलन फ्रेस रगतले आवश्यक विरामीलाई महत्वपूर्ण हुने बताए। भाईस गभर्नर लायन शोभा जोशी, काठमाडौ महानगर ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोल, लायन मधुकर उपाध्याय, लायन दिपककृष्ण प्रजापती, लायन विधान जोशी, लायन महाविर रिसाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij