२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसिड आक्रमणमा परेकी सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिड आक्रमणमा परेकी सम्झना दासको उपचारको क्रममा मृत्यु

1.8K
Shares

अर्थ नेपाल काठमाडौं/गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारका क्रममा मृत्यु भएको छ।
उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको कीर्तिपुर प्रहरी प्रमुख डिएसपी मेघबहादुर खत्रीले जानकारी दिए।
रौतहट चन्द्रनिगाहापुरकी १८ वर्षीया सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला राति एसिड आक्रमण भएको थियो। स्थानीय रामबाबु पासवानले दिदी बहिनीमाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ।
पासवानले आफू सम्झनासँग एकतर्फी प्रेममा रहेको तर उनले सम्बन्ध राख्न इन्कारपछि एसिड प्रहार गरेको प्रहरीलाई बताएका छन्।
उपचारका लागि सरकारले सहयोग नगरेका कारण छोरीको मृत्यु भएको गुनासो सम्झनाका बुवा जदोलालले गरेका छन्।
एसिडबाट घाइते सुस्मिताको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij