अर्थ नेपाल काठमाडौं– दशैतिहारलगायतका चाडबाडलाई लक्षित गरि शिखर सुजले आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ ।
दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो ।
यस योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउने छन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउनेछ ।
स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्याच्ब्याक कार जित्ने छन् । शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij