अर्थ नेपाल काठमाडौं/ दसैँतिहारको अवसरमा सुजुकीका बाइक तथा स्कूटरमा ग्राहकले छुट पाउने भएका छन्।
आधिकारिक वितरक बिशाल ग्रुप अन्तर्गतको भिजी अटोमोबाइलसले देशभरका जुनसुकै सुजुकी शोरुमबाट खरीद गर्दा मोटरसाइकलमा ८ हजार तथा स्कुटरमा १० हजार छुट दिने जनाएको छ।
बम्पर उपहारमा बाइक तथा स्कूटर खरीद गर्ने १० जना भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फ़त छनौट भई जपान जाने अवसर दिइने कम्पनीले जनाएको छ। कात्तिक ३० गते सम्म योजना लागू हुने बताइएको छ।
स्कीमअवधिभर फाइनान्स, क्यास र एक्सचेन्ज मार्फ़त मोटरसाइकल तथा स्कुटल बिक्री बितरण हुने भिजीले जनाएको छ।
स्कीम अवधिभर सुजुकीका बाइक र स्कूटर गरेर ४ हजार २०० संख्या बिक्री गर्ने लक्ष्य राखिएको भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij