२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भायनेटले ल्यायो ‘महाचाड, महाबचत, महाअफर’ योजना

भायनेटले ल्यायो ‘महाचाड, महाबचत, महाअफर’ योजना

1.7K
Shares

काठमाडौं /दसैँ तिहारको अवसरमा भायनेट कम्युनिकेसन्सले देशभरका ग्राहकका लागि ‘महाचाड, महाबचत, महाअफर’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरुले वार्षिक प्राप्त शुल्कमा ४४ प्रतिशतसम्मको बचत गर्न सक्ने भायनेटले जनाएको छ। यसै साथ ग्राहकलाई १२ महिनाको लागि १९० भन्दा बढी च्यानलहरु भएको एनइटिटिभीका साथै सेट–टप–बक्स समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत ग्राहकहरुले निःशुल्क जडानका साथै निःशुल्क फाइबर केबल र राउटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो अफर कात्तिक ३० सम्म लागू हुने बताइएको छ।
महाअफर मार्फत ग्राहकले प्रतिमहिना ९९९ रुपैयाँमा २० एमबिपिएस, १ हजार १४९ मा ३० एमबिपिएस र १ हजार ३९९ रुपैयाँमा ६० एमबिपिएस स्पिडको इन्टरनेटसँगै १२ महिनाको निःशुल्क एनइटिटिभीको सुविधा पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij