अर्थ नेपाल काठमाडौं /यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे पुरस्कृत हुनुभएको छ ।
प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ् पुरस्कृत हुनु भएको छ ।
यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, हाम्रो रेडियो दोलखा, भाषागत पत्रकारिता पुरस्कार, डोटेली भाषाको गुगुल्डी मासिक र साहित्यिक पत्रकारिता पुरस्कार कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ ।
यसैगरी प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादब धनुषा, डा.अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, मिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ ।
बिधागत पत्रकारिता पुरस्कार अन्तर्गत पदमसागर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादव महिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत हुनुभएको हो ।
यस्तै पत्रकारिता क्षेत्रमा योगदान दिनुहुने केदारमान सिंह, मुक्तिनाथ खनाल, हरिकला अधिकारी र रमेशकाजी स्थापितलाई सम्मान गरिएको छ ।
प्रेस काउन्सिलको बर्ष कर्मचारी पुरस्कारबाट सहप्रशासकीय अधिकृत दीपक खनाल र कार्यालय सहयोगी रमा द्यौला पुरस्कृत हुनुभएको छ । यसैगरी २० वर्ष सेवा गरेवापत दीर्घ सेवा पदक उपप्रशासकीय अधिकृत रामशरण बोहरालाई प्रदान गरिएको छ भने कर्मचारी प्रोत्साहन पुरस्कार बाट बिनय बजगाईँ, र सुमन महतलाई पुरस्कृत गरिएको छ ।
सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या भण्डारीले मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको राजनीतिक परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । पत्रकारिता पेशा मर्यादित, अनुशासित र जवाफदेही हुनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनु भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij