२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भिभोको भी ११ प्रो एआई स्मार्टफोन नेपाली बजारमा

भिभोको भी ११ प्रो एआई स्मार्टफोन नेपाली बजारमा

2.6K
Shares

अर्थ नेपाल काठमाडौं – भिभोले अल न्यू भी ११ प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कभ्र्ड थ्रीडी बडीमा रहेको यो ६.४१ इन्चको सुपर एमोलेड हालो फूलभ्यू डिस्प्लेमा छ।

स्टेरी नाइट र नेबुला फ्यूजन कलर अप्सनमा यो उपलव्ध छ। भी ११ प्रो भी सिरिजको पहिलो स्मार्टफोन हो जसमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ।

‘प्रयोगकर्ताका लागि अधिक सहज र व्यक्तिगत मोबाइल अनुभव सिर्जना गर्नका लागि एआई पावरयुक्त भी ११ प्रो स्मार्टफोन सार्वजनिक गर्न पाउँदा उत्साहित छौं,’ भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले भने।

यसमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल मुख्य क्यामरा छ। सेल्फीका लागि २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ।  एआई फिचरका लागि यसमा उच्च क्षमता भएको स्न्यापड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ। फोनकोे कार्यक्षमतालाई उत्कृष्ट र सहज बनाउन ६ जिबी र्यामका साथमा १२८ जिबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ।

नेपाली बजारमा भी ११ प्रोको बजार मूल्य ४९ हजार ४९० रुपैयाँ तोकिएको छ असोज ४ गतेदेखि फोन बजारमा आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij