२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सामसङको ग्यालेक्सी ए ८ स्टार फोन बजारमा

सामसङको ग्यालेक्सी ए ८ स्टार फोन बजारमा

2.2K
Shares

अर्थ नेपाल काठमाडौं -सामसङ इलेक्ट्रोनिक्सले क्यामरा प्रेमीहरुलाई लक्षित गरेर ग्यालेक्सी ए ८ स्टार सार्वजनिक गरेको छ।

सो फोनमा शक्तिशाली दुई इन्टिलेक्याम क्यामरा छ। ६.३ इन्चको फूल एचडी सुपर एमोलेड इनिफिनिटी डिस्प्ले यसमा छ।

यसमा १६ एमपी र २४ एमपीको दुई इन्टेलक्याम रहेका छन्। दुवै क्यामरा कम प्रकाशमा गरिने फोटोग्राफीको लागि एफ १.७ एपरेचर समावेश छ।

‘ग्यालेक्सीका अन्य सृङ्खलावद्ध डिभाइजस्तै यसले एउटा स्टाइल स्टेटमेन्ट बनाउने लगभग पक्का छ,’ आइएमएस विजका प्रमुख प्रणय रत्न स्थापितले भने।

बाहिर रहेको प्रकाशको अवस्था अनुसार स्वत रुपमा लेन्सको प्रकार रोज्न सक्ने उपकरणमा यसमा छ। यसमा स्मार्ट व्युटी मोड राखिएको छ, जसले गर्दा अनुहार बढी ग्ल्यामरस देखिन्छ।

अलवेज अन डिस्प्लेले प्रयोगकर्तालाई आफ्नो फोन अनलक नगरीकन एक दृश्यमा नै आफूले चाहेको सूचनाहरु हेर्न सक्ने विशेषता प्रदान गरेको छ। यसमा ३,७०० एमएच पावरको व्याट्री छ।

फोनमा ६ जिवी र्याम र ६४ जिवी आन्तरिक भण्डारण क्षमता रहेको छ। जसमा माइक्रो एसडी कार्डको प्रयोग गरेर ४०० जिवीसम्म विस्तार गर्न सकिन्छ।

यो मिडनाइट कलर र आइभोरी सेतो कलरमा उपलब्ध छ। यसको बजार मूल्य ५९ हजार ९९० तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij