
अर्थ नेपाल काठमाडौं/एभरेष्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले हस्ताक्षर गरेका छन् ।
अब एभरेष्ट रेमिटबाट पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका ६ हजार भन्दा बढि एजेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सकिने जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij