
अर्थ नेपाल काठमाडौं/महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्सले नयाँ स्टाईलिस ‘म्याकसीमो एचडी’ सिरिजका गाडी नेपाली बजारमा विक्री थालेको छ।
कम्पनीले ‘बढाऔँ आफ्नो प्रोफिटको साईज’ भन्ने नाराका साथमा ‘प्रोफिट ट्रक’को रुपमा नयाँ सिरिजका गाडी बजारमा ल्याएको हो। नयाँ स्टाईलिस लुक, नयाँ विशेषताहरु सहितको म्याकसीमो एचडी सिरिजका गाडीले ग्राहकलाई नाफाका अलवा आरामदायक यात्रा गराउने उनको भनाइ छ।
सिरिज सार्वजनिक कार्यक्रममा दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विवेक दुगडले महिन्द्रासँग २६ वर्षदेखिको विश्वासिलो सम्वन्ध रहेको बताउँदै निरन्तर ग्राहकलाई महिन्द्राका उत्पादनप्रति सन्तुष्ट पार्नुनै आफ्नो मुल लक्ष्य भएको बताए।
भारतस्थित अन्तर्राष्ट्रिय स्तरको प्लान्टमा बनेका यी गाडीहरु २ बर्ष वा ७५ हजार किलोमिटर वारेन्टीसहित नेपालका सबै ठाउँहरुमा रहेका डिलरमार्फत उपलब्ध भएको कम्पनीले जनाएको छ।
गाडीको अगाडि आठ र पछिल्लो भागमा सात ओटा स्प्रिङ्ग पत्ता रहेको यसमा ८५० केजीसम्म बोक्न सक्ने क्षमता छ। २६ एचपीको इन्जिन पावर र धेरै माइलेजसहित नयाँ सिरिजका गाडीहरु ल्याइएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij