२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नुवाकोटका अनन्तराम केसीले बनाए नयाँ विश्व कीर्तिमान, भारतीय नागरिकको कीर्तिमान तोडे

नुवाकोटका अनन्तराम केसीले बनाए नयाँ विश्व कीर्तिमान, भारतीय नागरिकको कीर्तिमान तोडे

2.2K
Shares

 


अर्थ नेपाल काठमाडौँ/ नुवाकोट जिल्लाका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् ।
‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले विहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।
केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए ।


गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहानदेखि शुरु भएको केसीको प्रवचन विहिवार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।

शिक्षण पेशा छोडेर केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय छन् ।

https://www.youtube.com/watch?v=R96MhMWYUjQ&t=7s

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij