२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राजधानीमा भदौ १ र २ गते ‘स्टडी इन नेपाल’ मेला हुने

राजधानीमा भदौ १ र २ गते ‘स्टडी इन नेपाल’ मेला हुने

2K
Shares

अर्थ नेपाल काठमाडौं/भदौ १ र २ गते राजधानीमा स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘स्टडी इन नेपाल’ मेला हुने भएको छ।
भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डटकमको आयोजना तथा इस्लिङ्गटन कलेजको मुख्य प्रयोजनमा दरवारमार्गस्थित होटल अन्नपूर्णमा मेला हुने भएको हो।
‘स्वदेशी शिक्षा सबैको ईच्छा’ भन्ने मुल नाराका साथ चल्ने मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन्।
बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुनेछन्। मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी हुनेछन्।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेला संचालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij