
जाजरकोट /गए रातिदेखिको अविरल वर्षाले आइतबार बिहान साढे सात बजे जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो गएर मृत्यु हुनेको संख्या ९ पुगेको छ।
पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन्। पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो।
मृत्युहुनेहरुमा १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक हुन्।
मृतक सितला बोहराका ३१ वर्षीय पति लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij