२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस टीन प्लस टु प्रतिस्पर्धीले देखाए आफ्नो ट्यालेण्ट

मिस टीन प्लस टु प्रतिस्पर्धीले देखाए आफ्नो ट्यालेण्ट

2K
Shares

 

अर्थ नेपाल काठमाडौं/स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्लस टुमा अध्ययनरत किशोरीहरुबिच राजधानीमा आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता मिस टीन प्लस टुअन्र्तगत शनिबार राजधानीमा ट्यालेण्ट शो अयोजना गरेको छ ।
स्टार वनकी पेजेन्ट निर्देशक पुजा निरौलाका अनुसार आगामी साउन १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने चौथो संस्करणको प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीबिच ट्यालेण्ट शो गरिएको हो। ट्यालेण्ट शोबाट एकजना मिस ट्यालेन्ट चयन हुने र सोको घोषणा अन्तिम स्पर्धाका दिन हुने उनले जानकारी गराईन्। ट्यालेण्ट शोअन्र्तगत प्रतियोगीहरुले नृत्य, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका आफुमा अन्र्तनिहीत विशेष प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेण्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, सञ्चारकर्मी शारदा अर्याल, मिसेस नेपाल आईकन शान्ता लामा, अध्यापक तथा संगीतकर्मी सरोज प्याकुरेल र सञ्चारकर्मी राज लुईंटेल निर्णायक रहेका थिए ।
बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन हुने प्रतियोगितामा कमला तामाङ, सभ्यता भण्डारी, इसु लामा, रोजिना गमाल, सारिका भौकाजी, मेरिना सुवेदी, अन्विसा रावल, लक्ष्मि सेवा, एश्वर्य थापा, शिक्षा आचार्य, करिश्मा गुरुङ्ग, रोशनी श्रेष्ठ, दिपिका अधिकारी, चन्द्रीका रावल, स्मृति पराजुली, कुसुम क्षेत्री, निरु कुचिकार, सदिक्षा सिंह, निमी शाक्य, सुनिता शाही र अर्चना पाठकले अन्तिम स्पर्धा गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij