२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ बाट सम्मानित

बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ बाट सम्मानित

1.7K
Shares

 

अर्थ नेपाल काठमाडौं/ इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ । साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो । बोटलर्स नेपाल लिमिटेड सन् २०१५ मा दोश्रो रनरअप र सन् २०१६ मा पहिलो रनरअप भएकोे थियो भने यसपाली उत्कृष्ट अवार्डको उपाधि नै चुमेको छ । उक्त सम्मान कार्यक्रम राजधानीको होटेल अन्नपुर्णमा १७ जुलाईको दिन आयोजित गरिएको हो । उक्त सम्मान बोटलर्स नेपालका प्रोक्रुमेंट म्यानेजर प्रकाश रुङगटा, प्रबन्ध निर्देशक पुनित भार्सने र फाइनान्स कन्ट्रोलर अशोक मन्डलले लिएका थिए । उक्त अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले प्रदान गरेका थिए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्मान ग्रहण गर्दै ‘म बधाई दिन चाहन्छु सम्पूर्ण बोटलर्स नेपाल लिमिटेड परिवारलाई, जसको निरन्तर प्रयास र समर्पणले आज हामीले यो उपलब्धि प्राप्त गर्न सफल भएका छौँ । यसरी हामीलाई हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला प्रदान गरेको छ । यसले हामीलाई अझै खुल्ला र टास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको छ । यो अवार्ड हाम्रा उपभोक्ता, पार्टनर्स, लगानीकर्ता, तथा अन्य सबै स्टेकहोल्डरहरुको सहयोगले मात्र संभव भएको हो । हामी भोलिका दिनमा अझ बढी उत्कृष्ट बनाउदै लग्ने छौँ ।’
आइक्यान एकाउन्टिङको व्यवसायीक क्षेत्रमा सामाजिक पहिचान अभिवृद्धि गर्न र जनताको विश्वास बृहत रुपमा जित्नको लागि स्थापना गरिएको थियो । यसले एकाउन्टिङ व्यवसायको महत्व बढाउँदै सार्वजनिक जनचेतना अभिवृद्धि गर्नुका साथसाथै एकाउन्टेन्टहरुको आर्थिक तथा सामाजिक जिम्मेबारीता पनि बढाउँछ, र देशको आर्थिक विकासका लागि सक्रिय योगदान गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij