२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य नियुक्त

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य नियुक्त

1.7K
Shares

अर्थ नेपाल काठमाडौं/कामना सेवा विकास बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ ।
सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अतिकारी निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूह अन्तर्गत ३ जना संचालकहरु देवकृष्ण काफ्ले, विश्वेस्वर सुवेदी र वलराम बराल निर्विरोध निर्वाचित भएका छन् ।
बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले सुदिप आचार्य लाई अध्यक्ष पदमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij