२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मनकामना केबुलकारलाई निरन्तर चौँथो वर्ष पनि उत्कृष्टताको प्रमाणपत्र

मनकामना केबुलकारलाई निरन्तर चौँथो वर्ष पनि उत्कृष्टताको प्रमाणपत्र

2.1K
Shares

अर्थ नेपाल चितवन/ मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ ।
इच्छाकामना गाउँपालिका कुरिनटारस्थित अवस्थित मनकामना केबुलकारले विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनका आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो ।
सेवाग्राहीको मूल्यांकनको आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ ।
“ग्राहकको वास्तविक मूल्यांकनका आधारमा हामीले यो प्रमाणपत्र पाएका हौँ”–मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भने, “सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेका छौँ ।”
ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे मूल्याङ्कन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij