
अर्थ नेपाल काठमाडौं / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ बैकंबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि बोल्दै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले अब उप्रान्त नेशनल लाइफ ईन्स्योरेन्समा जीवन वीमा गर्ने ग्राहकवर्गहरुलाई जीवन वीमा सम्बन्धि सेवाहरु सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारबाट लिन सकिने बताए ।
त्यसैगरी यो सेवा बैंकका हाल संचालित ११२ शाखाहरु मार्फत उपलब्ध हुनुका साथै जीवन वीमाको प्रिमियम तथा नविकरण प्रिमियम सिद्धार्थ बैंक मार्फत सजिलै बुझाउन सकिने जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij