
अर्थ नेपाल काठमाडौँ /रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी र मेगा बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका थिए ।
अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट रिलायवल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij