
अर्थ नेपाल काठमाडौं /महालक्ष्मी बिकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर शाखाले काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्लाई चेक हस्तान्तरण गरेका थिए । मृगौला रोग लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङ्को आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पुर्याउने उद्देश्यले बैंकले सो सहयोग गरिएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij