२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्याग्दीको नुनथला जंगलमा अनौठो शिवमूर्ति भेटियो

म्याग्दीको नुनथला जंगलमा अनौठो शिवमूर्ति भेटियो

1.9K
Shares

अर्थ नेपाल म्याग्दी / म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ ।
घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ ।
घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खबर गरेका थिए ।
पहराको विशाल पत्थरमा प्राकृतिकरुपमा नै बनेको शिवमूर्तिमा नागदेवताको आकृतिसमेत रहेको छ । त्यसको दाहिनेतर्फ भगवान् गणेश आकृति र अन्य विभिन्न देवी देवताका आकृति रहेका छन् ।

गाउँको सिरानमा, जंगलको बीचमा रहेको यस स्थानको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नसक्ने हो भने यो स्थान आकर्षक धार्मिक एवं पर्यटकीय स्थान बन्न सक्ने दीपशिखा मावि कुहूँका पूर्व प्रधानाध्यापक एवं स्थानीय वुद्धिजीवी भद्रबहादुर जिसीले बताए । “नाग र शिवको मूर्ति रहेका थाहा पाएपछि स्थानीयले पूजाआजा गर्ने र रेखदेख गर्ने गरेका छन्” जिसीले भने, “अहिले स्थानीयको पहलमा सामान्य संरक्षणको काम भएको छ अब यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ ।”

अहिले सो स्थानमा स्थानीयले कलश, डमरु र घण्ट लगेर चढाएका छन् । स्थानीयले अबीर, केशरी र अन्य रङले पूजा गर्दा मूर्तिमा रहेका आकृति स्पष्टरुपमा देख्न नसकिने भएको रोकाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij