२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिर्भसल डेण्टलद्धारा निशुल्क दन्त शिविर सम्पन्न

युनिर्भसल डेण्टलद्धारा निशुल्क दन्त शिविर सम्पन्न

5.2K
Shares


अर्थ नेपाल
काठमाडौं /काठमाडौंको नार्गाजुन नगरपालिका वडा नं. ९ मा युनिर्भसल डेण्टल हस्पिटलले निशुल्क दन्त शिवर गरेको छ । देशका विभन्न भागमा निशुल्क दन्त शिविर गर्दै आएको हस्पिटलले वडाका ५० भन्दा व्यक्तिको दातँको परिक्षण तथा औषधी वितरण गरेको छ अस्पतालका अध्यक्ष राजेन्द्र लामाले जानकारी दिए ।


हस्पिटलले निशुल्क दन्त शिविरका साथ जनचेतना मुलक कार्यक्रम पनि गरेको थियो । उपचारसगैं जनचेतना पनि महत्वपूर्ण भएको हस्पिटललका अध्यक्ष लामाले बताए ।
उक्त अवसरमा नगर प्रमुख मोहन बस्नेत, वडा अध्यक्ष रामकृष्ण भट्टराई लगायत सरकारी कार्यलयहरुको प्रमुखहरुको उपस्थिति रहेको थियो । हस्पिटलले त्रिसा कम्पनिका ब्रस तथा मञ्जन पनि विरतण गरेको थियो । राजेन्द्र लामाको नेतृत्वमा डा.सिजन पौडेल, डा. एैश्वर्य जोशी, डेण्टल हाइजेनिष्ट रश्मि रानामगर, अनिशा सिंह तथा डेण्टल ल्यावका पुजन साह, लव साहको टोलीले दन्त शिविरमा परिक्षण तथा उपचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij