
अर्थ नेपाल
काठमाडौं /बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम कृषि कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन नविल बैंकले जोनडियर ट्रयाटरमा ७५ प्रतिशतसम्मको लगानी गर्ने भएको छ । लगानीका लागि बैंक र विवेक अटोमोबाइल्स प्रा.लिबीच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा विवेक अटोमोबाइल्सका तर्फबाट अध्यक्ष विवेक दुगड तथा नबिल बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले हस्ताक्षर गरेका थिए ।
नेपालको विभिन्न स्थान तराई, पहाड र हिमालमा कृषि उपज कार्यका लागि जोन डियर ट्रयाक्टरलाई लिइने गरीन्छ । सम्झौता अनुसार बैंकले अमेरीकन ब्रान्डको जोन डियर ट्रयाक्टरलाइ सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij