२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालबालिकाको सयोगार्थ क्यान एजुकेशन फाण्डेशनले क्यानडामा फेशन शो गर्दै

बालबालिकाको सयोगार्थ क्यान एजुकेशन फाण्डेशनले क्यानडामा फेशन शो गर्दै

2.3K
Shares

अर्थ नेपाल

काठमाडौं/ क्यान एजुकेशन फाण्डेशनको आयोजनामा क्यानडामा पहिलो पटक फेशन शो हुने भएको छ । गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा हुने उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका बालबालिकाहरुलाई खर्च गरिने आयोजक संस्थाकी सम्झना लामाले जानकारी दिइन ।
जेठ १८ गते अर्थात जुन एकमा क्यानडामा हुने उक्त शोमा प्रतिमा मर्हजनको डिजाइनमा जोजोलोप्पा कलेक्सनले तयार पारेको ड्रेसमा मोडलहरु प्रस्तुत हुने कोरियाग्राफर भण्डारीले बताइन । फेशन शोमा कल्चरल डे«सको डिजाइन भने शुभमंगलम ट्रेडसले तयार पारेको छ । फेशनको शोको साथमा अन्य चर्चित कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ । नेपालमा असाह एंव गरिव बालकालिकाहरुको शिक्षामा सहयोग गर्दै आएको क्यानका अध्यक्ष रत्न राईले बताए ।
क्यान एजुकेशन फाण्डेशनले यस अघि पनि रशलाईट मिडियासंगको सहकार्यमा फेशन शो सफलतापूर्वक सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij