२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वित्तीय संस्था संघको नयाँ अध्यक्षमा सरोजकाजी तुलाधार चयन

वित्तीय संस्था संघको नयाँ अध्यक्षमा सरोजकाजी तुलाधार चयन

3.5K
Shares

अर्थ नेपाल

काठमाडौं/नेपाल वित्तीय संस्था संघको अध्यक्षमा गुडविल फाइनान्स लिमिटेडका सिइओ सरोजकाजी तुलाधर निर्वाचित भएका छन् ।
राजधानीमा शुक्रबार सम्पन्न संघको २२ औं वार्षिक साधारणसभाबाट प्रमुख कार्यकारी अधिकृत तुलाधर दोस्रो कार्यकालका लागि संघको अध्यक्षमा चयन भएका हुन् ।
साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईलाई चयन गरेको छ भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला चयन भएका छन् ।
साधारणसभाले संघको कार्यकारी सदस्यहरुमा रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं, ललितपुर फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने चयन भएका छन् । कार्यसमिति सबै सर्व–सम्मत चयन भएका हुन् ।
यसैगरी अध्यक्ष तुलाधरले शुक्रबार नै दुई कार्यकारी सदस्यलाई मनोनित समेत गरेका छन् । अध्यक्ष तुलाधरले सिटि एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोगेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरेका हुन् ।
संघको ५ सदस्यीय सल्लाहका समिति समेत हुने व्यवस्था छ । शुक्रबारको साधारणसभामा नै अध्यक्ष तुलाधरले ५ सदस्य सल्लाहकार समिति मध्ये ३ जनालाई मनोनित गरेका छन् । उनले आईसीएफसी फाइनान्सका उप प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, रिलायन्स फाइनान्सका उप–प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र जानकी फाइनान्सका महाप्रवन्धक रजनिशकुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij