
अर्थ नेपाल काठमाडौं /गुरुङ समुदायको कला संस्कृती, भाषा र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आउदो जेठमा मिस गुरुङ इन्टरनेसनल सिजन टु हुने भएको छ । विगत लामो समयदेखि फेसन डिजाइनिङ क्षेत्र, फेसन सो र ब्युटि प्याजेन्ट आयोजना गदै आईरहेको मृगतृष्णा फेसन हाउसले दोस्रो पटक मिस गुरुङ इन्टरनेसनल गर्न लागेको हो । गुरुङ समुदायको युवतीहरुलाई लक्षित गरेर आयोजना गर्न लागेको यो ब्युटि प्याजेन्टको चाडै नै अडिसन कार्य सन्चालन हुदैछ । देशको प्रमुख सहर काठमाडौ लगायत नबलपरासीको कावासोती, पोखरा, लमजुङ, धरान, इटहरी र नेपालगन्जमा अडिसनको मिती तय भएको मृगतृष्णा फेसन हाउसका प्रबन्ध निर्देशक तथा डिजाइनर तृष्णा गुरुङले जानकारी दिइन् । छनोट भएका प्रतियोगीहरुलाई पुर्व मिस नेपाल सुगारिका केसी तथा चर्चित कोरियोग्राफरहरुले २५ दिनको विशेष प्रशिक्षण दिनेछन् । प्रतियोगीहरुलाई मिडिया पसर्नालिटी एण्ड विजनेस करियर डेभ्लोमेन्ट, सेल्फ मेकअप एण्ड ग्रुमिङ सेसन, पब्लिक स्पिकिङ, मोटिभेसनल क्लास तथा सल्फ कन्फिडेन्ट पावर विषयमा प्रशिक्षण दिनेछ । गत महिना मात्र डिजाइनर गुरुङले आफ्नो गृहजिल्लामा फेसन Ïयुजन कावासोती नामक फेसन सो सफलतापुर्वक सम्पन्न गरेकी थिइन् । मिस गुरुङ इन्टरनेसनलको विजेताले एक थान स्कुटर, पचास हजार नगद रुपैया, फेसन डिजाइनिङ कोर्षको छात्रवृद्वी र थाइल्याण्ड भ्रमणको प्याकेज प्राप्त गर्नेछन् । त्यस्तै, एयस होस्टेज तालिमको छात्रवृद्वी, फेसन सो र राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने मौका समेत पाउनेछन् । भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा फिनाले हुने यो प्रतियोगिताको सगमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij