
अर्थ नेपाल काठमाडौं / रियल फ्रुट जुसले रियल स्कूल अफ नेपाल २०१८ को घोषणा गरेको छ ।
नियमित रुपमा रियल फ्रुट जुसले विगत ६ वर्षदेखि आयोजना गरिरहेको राष्ट्रिय स्तरको प्रतियोगिता रियल स्कूल अफ नेपाल २०१८ हुन लागेको हो । यस प्रतियोगिताको विजेता बन्नका लागि छनोट भएका विद्यालयका विद्यार्थीहरु आफ्नो प्रतिभा, आत्मविश्वास तथा बौद्धिक र टिमवर्क गर्ने क्षमता आवश्यक पर्ने विभिन्न क्रियाकलापहरुमा सहभागी हुनेछन् । सहभागी विद्यालयका विद्यार्थीहरु सिनियर समूह (कक्षा ८, ९, १०) अन्तर्गत एक्सटेम्पोर, नृत्य र फुटबल जगलिङ तथा जुनियर समूह (कक्षा ५ ,६, ७) अन्तर्गत पेन्टिङ, थ्री मिनेट टु फेम र स्कोर द रियल गोल जस्ता क्रियाकलापहरुमा प्रतिष्पर्धा जनाउनेछन् ।
प्रतियोगिताको विजेताहरुलाई रियल स्कूल अफ नेपालको सिल्ड सहित ६ लाख रुपैंया बराबरको छात्रवृत्ति तथा ग्राण्ड फिनालेमा विजयी हुने ६ जना प्रत्येक विद्यार्थीलाई ल्यापटप प्रदान गरिनेछ । यसबाहेक ८ वटा उपत्यका बाहिरका क्षेत्रमा आर्थिक स्थिति कमजोर भएका दुईजना प्रभावशाली (छात्र तथा छात्रा) विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने आयोजक कम्पनिले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij