२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एन आई सी एशियाको कीर्तिपुर भत्केपाटीमा शाखारहित बैंकिङ्ग सेवा

एन आई सी एशियाको कीर्तिपुर भत्केपाटीमा शाखारहित बैंकिङ्ग सेवा

2.3K
Shares

अर्थ नेपाल काठमाडौं/ कीर्तिपुर नगरपालिकाको भत्केपाटी एन आई सी एशिया बैंक लिमिटेडले छैठो शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।
सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामिण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकास हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकको मुलुकभर १९६ शाखा कार्यालय, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ्ग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij