
अर्थ नेपाल काठमाडौं /जगदम्बा सिमेन्ट उद्योगले फोर्स ब्राण्डको सिमेन्टलाई नयाँ आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएको छ ।
विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभश्री जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएलएडिस्थको अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन सूचारु गरेको जनाएको छ ।
समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री भएको कम्पनीको दावी छ । यस उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको कम्पनिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij