२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेनीमा एनसीसी बैंकको शाखा

बेनीमा एनसीसी बैंकको शाखा

1.2K
Shares

अर्थ नेपाल म्याग्दी / म्याग्दी जिल्ला, बेनी नगरपालिका, वडा नं. ७ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिले शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष श्री उपेन्द्र केशरी न्यौपानेले गरेका थिए ।
उनले शाखा उद्घाटन कार्यक्रममा बोल्दै मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताए । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा बैंकले ५९.१ अर्ब निक्षेप संकलन गरी ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । साथै बैंकको सोही अवधिमा खूद नाफा ५४.३१ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij