२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्युठान र अर्घाखाँचीमा जेसीबीको शोरुम

प्युठान र अर्घाखाँचीमा जेसीबीको शोरुम

2.4K
Shares

अर्थ नेपाल काठमाडौं / प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमानेपालका लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले ‘अथराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ।
आउटलेटबाट जेसीबीका ग्राहकले आफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ। यस क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बताएको छ।

प्युठानको आउटलेट प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरे र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले संयुक्त रुपमा गरेका थिए भने त्यसैगरी, सन्धिखर्क आउटलेटको उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij