
अर्थ नेपाल काठमाडौं/ प्राइम बैंकले देशका विचिन्न भागमा एक साथ चार वटा शाखा विस्तार गरेको छ । बैंकले स्याङ्जाको फेदीखोला, नवलपरासीको सरावल, रुपन्देहीको मायादेवी र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाहरुको शुभारम्भ गरेको छ।
नयाँ शाखाको उद्घाटन बैंकका महाप्रबन्धक संजीव मानन्धरले फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले शाखा कार्यालय सरावल, शाखा कार्यालय मायादेवी र शाखा कार्यालय शुद्धोधनको उद्घाटन गरेका छन् । बैंकको शाखा कार्यालय संख्या ६० पुगेको बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij