२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

मिटरमा नहिँड्ने ट्याक्सीलाई कारबाही

मिटरमा नहिँड्ने ट्याक्सीलाई कारबाही

1.6K
Shares

अर्थ नेपाल काठमाडौं/ उपत्यकामा मिटरमा नहिँड्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न शुरु गरेको छ ।  कार्यालयमा सर्वसाधारण जनताले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो गरेपछि अनुगमनलाई तीव्रता दिएको हो ।

आज भोलि मिटरमा नहिँड्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको छ । पहिला १५÷२० ट्याक्सी कारबाहीमा पर्ने गरेका थिए । हाल त्यो संख्या वढेर ६०÷७० पुगेको छ । ट्राफिक प्रहरी महाशाखाले सवै सर्वसाधारण जनतालाई ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरेको छ ।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड््न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ । मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको छ । ति ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवाना समेत गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij