
अर्थ नेपाल काठमाडौं /जिएमई रेमिट र जनता बैंक विच सम्झौता भएको छ ।
सम्झौतामा जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरेका छन् ।
अब ‘जनता रेमिट’ मार्फत पठाएको रकम जिएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ।
त्यस्तै जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ।
बैंकको १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको बताएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij