२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब थानकोटमा पनि मयुर यातायात चल्ने

अब थानकोटमा पनि मयुर यातायात चल्ने

2.2K
Shares

अर्थ नेपाल काठमाडौं / मयुर यातायातले अब थानकोटमा पनि सेवा दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट–रत्नपार्क–धुलिखेल र पनौती रुटमा चलाउन तयारी गरेको छ ।

अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने योजना बनाएको हो ।

अहिले अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबस मात्र चलिरहेका छन् ।

केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए । अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो ।

मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक दुई दिनमै सबै आइपुग्ने बताएका छन् ।

मयुरका ठूला बसले सेवा थालेपछि थानकोट, सतुंगल, नैकाप लगायतका क्षेत्रका यात्रुलाई सहज हुनेछ ।

मयुरका नयाँ २३ बस थानकोटबाट रत्नपार्क आएर धुलिखेल र पनौती पुग्नेछन् । त्यहाँबाट फर्किएका बस सोही रुट भएर पुन थानकोट नै जानेछन् ।

मयुर यातायातले निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ । ठूला बसमा विभिन्न सुविधा पनि छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij