
अर्थ नेपाल काठमाडौँ /नेपालमा महिला माथिको बढ्दो हिंसा न्युनिकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालिम एवं सचेतना अभियान संचालन गरिएको छ । महिला स्वयंले बल, बुद्धि र विवेक लगाएर हिंसाबाट जोगिने ज्ञान र व्यवहारिक सीप सिकाउन महिला आत्मरक्षा तालिम आयोजना गरिएको हो । महिलालाई शैद्धान्तिक र मार्शल आर्टका व्यवहारिक र सरल विधिको प्रयोगबाट आत्मसुरक्षा कला सिकाउने तालिमको उद्देश्य रहेको आयोजकले बताए । राष्ट्रिय महिला आयोग र केयर नेपालको आयोजनामा महिला आत्मसुरक्षा तालिम सम्पन्न भएको हो । महिला आयोगको भद्रकालीस्थित केन्द्रिय कार्यालयमा सम्पन्न तालिममा ३० जना सहभागी थिए । नेपालका राष्ट्रि दैनिक पत्रिकामा नेपाली र अंग्रीजी भाषामा आफ्ना अनुसन्धानात्मक एवं सचेतनामूलक लेखहरु प्रकाशित गर्दै र मार्शल आर्टका सीप सिकाएर देशभर अभियानका रुपमा महिला आत्मरक्षा तालिम दिँदै आएका गिरी बहादुर सुनार प्रमुख प्रशिक्षक थिए । तालिममा महिला सुरक्षा अभियानमा सम्बद्ध महिलाहरु एवं आयोगको हेल्प लाइन ९खबर गरौँ ११४५ शाखा० मा कार्यरत महिलाहरु सहभागी थिए । महिला आयोग, केयर नेपाल र महिला अधिकार एवं सुरक्षा क्षेत्रमा कृयाशिल अभियान्ताहरु समेत तालिममा सहभागी थिए । राष्ट्रिय महिला आयोगका नवनियुक्त सचिव अनिलकुमार ठाकुरले महिला आत्मसुरक्षा तालिमलाई अभियानका रुपमा संघीय संरचनाकै ढाँचामा प्रदेश र जिल्ला तहमा पुर्याउने बताउनु भयो । प्रमुख प्रशिक्षक सुनारले बलात्कारको सिकार हुनबाट कसरी जोगिने रु प्रतिकार गर्ने उपाय के के छन् रु दैनिक प्रयोगमा आउने मोवाइल, चाबी, पछ्यौरा, पत्रिका जस्ता सामान्य उपयोगका वस्तु कसरी अप्ठेरो अवस्थामा हतियार बन्न सक्छन् रु लगायतका विषयलाई समेटेर महिला आत्मरक्षा तालिमको पाठ्यक्रम नै बनाउनु भएको छ । त्यसैलाई पछ्याउँदै प्रशिक्षण दिने गरेको सुनारले बताउनु भयो । महिलाहरुलाई हिंसाबाट जोगिन मानसिक र शारीरिक रूपमा कसरी तयार पार्न सकिन्छ भन्ने विषय तालिममा समेटिएको उनले बताउनु भयो । आयोग अन्तर्गतको सम्बोधन परियोजनाकी प्रबन्धक पलिता थापाले महिला आत्मसुरक्षालाई विद्यालय शिक्षा देखि घर र कार्यालयसम्म प्रभावकारी अभियानका रुपमा विस्तारित गर्न जरुरी रहेकोमा जोड दिनुभयो । बलात्कार वा अन्य यौनजन्य हिंसाबाट जोगिन अपनाउन सकिने सावधानी, शारीरिक बलको प्रयोग, मार्शल आर्टका व्यवहारिक बिधि लगायतका प्रयोगात्मक पक्षमा समेत तालिमका सहभागीलाई प्रशिक्षित गरिएको थियो । केयर नेपालकी प्रतिनिधि कमलतारा बज्राचार्यले तालिमबाट महिलाहरुलाई मानसिक र शारीरिक रुपमा कसरी सुरक्षित हुने भन्ने ज्ञान हासिल भएको बताउनु भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij