२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकको देवीनगरमा एक्स्टेनसन काउण्टर

जनता बैंकको देवीनगरमा एक्स्टेनसन काउण्टर

2.1K
Shares

अर्थ नेपाल बुटवल/ जनता बैंकले बुटवलको देवीनगरमा एक्स्टेनसन काउण्टर  शाखा स्नानोत्तर गरी कारोबार सुरु गरेको छ । २०६८ साल फागुनदेखि सञ्चालनमा आएको यस काउन्टरलाई ग्राहकको हितलाई मध्यनजर गरी स्तनोत्तर गरिएको बैंकले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत लिएर शाखामा स्तनोत्तरी गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ शाखाबाट ग्राहकहरुले सहज र सरल रुपमा पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।  यस सँगै जनता बैंकको शाखा सञ्जाल १०७ पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij