२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेष्ठ नागरिकको सहयोगार्थ एकल चित्रकला प्रदर्शनी हुने

जेष्ठ नागरिकको सहयोगार्थ एकल चित्रकला प्रदर्शनी हुने

1.8K
Shares

 

अर्थ नेपाल काठमाडौं/सन् २००१ मा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नु भएकी चित्रकार रचना मास्केले त्रि.वि.शिक्षण अस्पतालमा उपचार गर्न आउने बृद्धबृद्धाको उपाचारमा सहयोग पुर्याउने उद्धेश्यले दोस्रो पटक त्रि.वि.शिक्षण अस्पतालको प्रांगणमा भदौ २७ गते देखि भदौ २९ गते सम्म ३ दिन एकल चित्रकला प्रदर्शनीको आयोजना गर्नु भएको थियो । रचना मास्के त्रि.वि. शिक्षण अस्पतालमा नर्सिङ अफिसरको रुपमा हेमोडायलोसिस विभाग कार्यरत हुनुहुन्छ ।
सरकारले वृद्ध वृद्धाहरुलाई बिभिन्न तवरले सहयोग गरेपनि उक्त सहयोग पर्याप्त हुन नसकेको कारण थप सहयोग मिलोस् भन्ने उद्धेश्यले गरिएको उक्त चित्रकला प्रदर्शनीमा राखेका ३२ वटा चित्रहरु मध्ये २२ वटा चित्रहरु बिक्रि गरि सबै रकम तीन लाख आठ हजार साथै अन्य दाताहरुको सहयोग चन्दा संकलन आदिबाट थप तीन लाख जम्मा गरि विधिवत रुपमा लोक कीर्ति जेष्ठ नागरिक कोषको स्थापना गरि सक्नु भएको छ ।
उक्त कोषले त्रि.वि.शिक्षण अस्पताल तथा नेपाल सरकारबाट संचालित गाउँपालिका, नगर पालिका, जिल्ला वा प्रदेशका अस्पतालहरुमा भर्ना भएका ७५ वर्ष वा ७५ वर्ष नाघेका असहाय वृद्ध वृद्धाहरुको कमजोर पारिवारिक अवस्था र आर्थिक हैसियत हेरेर उनीहरुको लागि अस्पतालमा उपचारको लागि सहयोग गर्ने लक्ष्य राखेको उहाँले बताउनु हुन्छ ।
यस संस्थाको उद्देश्य अनुरुप सो कार्यको सुरुवात प्र्रथम पटक यहि २०७५ साल वैशाख १ गते देखि नै त्रि.वि. शिक्षण अस्पतालमा सुरु हुने भएकोले सो शुभारम्भ कार्यक्रम आज २०७४ साल चैत्र २३ गते त्रि.वि. शिक्षण अस्पतालको परिसर भित्र रहेको वि.पी.कोइराला नेत्र अध्यायन केन्द, महाराजगञ्जमा एउटा कार्यक्रमको आयोजना गरि त्रि.वि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक श्री प्रा.डा. दिपक प्रकाश महरा, वि.पी.कोइराला नेत्र अध्यायन केन्द्रका कार्यकारी निर्देशक श्री प्रा.डा. आनन्द प्रशाद शर्मा, त्रि.वि.शिक्षण अस्पतालका नर्सिङ्ग निर्देशक श्री कोपिला पालिखे तथामनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान केन्द«का नर्सिङ्ग निर्देशक श्री विन्देश्वरी गुरुङ्ग ज्यु बाट उदघाटन भयोे ।
लोक कीर्ति जेष्ठ नागरिक कोषबाट यहि २०७५ वैशाख १ गते देखि नै त्रि.वि.शिक्षण अस्पतालमा जेष्ठ नागरिकको सहयोगार्थ कार्यक्रम संचालन हुने भएको छ । यस कोषबाट अस्पतालको जेनेरल बेडमा भर्ना भई उपचारार्थ७५ वषर््ा वा ७५ वर्ष उमेर नाघेका असाहाय बिरामीहरुले रु १० हजार सम्मको भर्ना अवधिको बेड चार्ज शुल्क रकम भुक्तानी पाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij