२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर सहयोगी संगठन ललितपुर जिल्ला अध्यक्षमा जीवन कार्की

कर सहयोगी संगठन ललितपुर जिल्ला अध्यक्षमा जीवन कार्की

2.6K
Shares


अर्थ नेपाल ललितपुर /कर सहयोगी श्रमिक संगठन ललितपुर जिल्ला कमिटीको अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् । हालै सम्पन्न जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा श्याम रिजाल र राजेश पराजुली, सचिवमा गोविन्द पौडेल, सह सचिवमा कृष्ण खड्का, कोषाध्यक्षमा शोभा पौडेल, सदस्यहरुमा सुरज शाक्य, शोभा कार्की, विरेन्द्र कुमार दत्त, जीवन पराजुली, अच्युत प्याकुरेल, अशोक गेलाल, कृष्ण भट्टराई चयन भएका छन् ।

 


अधिवेशनको आन्तरिक राजश्व कार्यालय ललितपुरका प्रमुख कर अधिकृत लालबहादुर खत्रीको प्रमुख आतिथ्यता तथा कर सहयोगी श्रमिक संगठनका केन्द्रिय उपाध्यक्ष तारानाथ दाहालको विशिष्ट अथितिको रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij