
राजस्थान/राजस्थानको झुंझुनु जिल्लामा रहेको मससिसरमा ५ अर्ब ८८ करोड भारुमा निर्माण भएको बाँध शनिवार भत्किएको छ । यो दुर्घटनामा ८ करोड लिटर पानी बगेर गएको छ । यसले बाँधको छेउछाउमा रहेका गाँउहरुमा आँतङ्क फैलिएको छ ।
मलसार प्रहरी स्टेशनका अधिकृत पन्ना लालले बाँधको एक हिस्सामा भएको पानी चुहावटले अन्तत बाँधलाई भत्काएको जानकारी दिए ।
बाँध फुटेर बहेको पानी थुप्रै सरकारी भवनहरुमा पसेको छ । रिपोर्ट अनुसार हालसम्म कुनै मानवीय हताहती भएको छैन । तर पनि सतर्कताका लागि प्रशासनले ‘अलर्ट’ घोषणा गरेको छ ।
सो स्थानका सचिव रजत मिश्राले ‘कुम्भाराम लिफ्ट परियोजना’को बांध फुटेको ममलामा हैदराबादको निर्माता कम्पनी ‘नागार्जुन कन्स्ट्रक्शन’ विरुद्ध मुद्दा दर्ता गरिने बताए । उनका अनुसार कम्पनीलाई तीन करोड भारु जरिवाना र ‘कालो सूची’मा रख्ने प्रक्रिया शुरु गरिएको छ ।
जनवरीमा निर्माण सकिएको थियो
यो परियोजना सन् २०१३ मा शुरु गरिएको थियो । सन् २०१६मा काम पुरा हुनु पर्ने यो बाँधको काम ३ महिना पहिले जनवरी २०१८ मा पूरा भएको थियो ।
यस परियोजनाबाट १४७३ गाँउमा पानी वितरण गरिने योजना थियो । ३ महिनादेखि झुंझुनूमा पानी वितरण भइरहेको थियो ।
बाँधसँगै आशा पनि भत्किएको छ
राजस्थानमा पानीको हरेक थोपाको महत्व हुने गर्छ । यसको संरक्षण र सदुपयोगको लागि करौडो राज्यवासीहरुसँग संकलन गरिएको करबाट यो बाँध बनाइएको थियो । तर निर्माणको तीन महिनामा बाँध भत्किएको छ ।
यो बाँध फुट्दा प्रशासनको अकर्मण्यता त उदाङ्गिएको छ साथै लाखौं मानिसको महिनौँसम्मको पानी पनि बर्बाद भएको छ । – एजेन्सी
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij